Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आग्रामा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५४ को स्वास्थ्य परीक्षण

थाहा नगरपालिका सामाजिक विकास तथा स्वास्थ्य शाखाको आयोजनामा एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नं. ७ चल्ती दोभानमा १९ फागुनमा भएको निःशुल्क शिविरमा १ सय ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर रविन्द्र थामीको नेतृत्वमा भएको स्वास्थ्य परीक्षण टोलीमा थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी, अनमी जोशिका शर्मा, नानीमाया थिङ, इनिल राई, अहेव लव बहादुर थापा र सविता दंगाल थिए । स्वास्थ्य परीक्षणपछि स्थानीयहरुले खुशी व्यक्त गरेका थिए ।

शिविरमा थाहा ७ का वडा अध्यक्ष सनमसिं मुक्तान, वडा नं. ८ का अध्यक्ष टिकाराम रुम्बाको विशेष उपस्थिती रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०