nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आग्राका शिक्षकहरुलाई भयरहित सिकाइ तालिम

LWF-trsining-to-teachers-1474569747.jpg

आग्रा गाविसका शिक्षकहरुका लागि बालमैत्री बिद्यालय र भयरहित सिकाइसम्बन्धी दुई दिने तालिम शुरु गरिएको छ । 
टियर फण्डको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले आग्राको डाँडाबासमा तालिमको आयोजना गरेको हो । तालिममा आग्राका १३ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको बाल कल्याण समाजको आग्रा सुपरभाइजर उमा कार्कीले जानकारी दिइन् । 
जिल्ला शिक्षा कार्यालय मकवानपुरका श्रोत व्यक्ति रामकुमार ठाकुरले तालिमको सहजीकरण गरिरहेका छन् । तालिममा शिक्षकहरुलाई बाल मैत्री शिक्षाको अवधारणा, बाल मैत्री विद्यालयका सूचकहरु, बाल मैत्री कक्षा व्यवस्थापन, बाल मैत्री शिक्षण सिकाइ, भयरहित शिक्षा आदिका बारेमा छलफल गरिएको छ ।