Saturday, 5th September, 2026
वि.स.

आग्राः सिमाङ्कनमा चित्त बुझ्दै बुझेन (हेर्नुहोस् फोटो फिचर)

राज्य पुर्नसंरचना गर्दा मकवानपुरको आग्रा गाउँ विकास समितिलाई छिमेकी थाहा नगरपालिकामा गाभ्न प्रस्ताव गरेको विरोधमा आग्राको डाँडाबासमा ४ मंसीरमा विरोधको कार्यक्रम भएको छ ।

आग्राको मोरियामा प्लान इन्टरनेशनलको सहयोगमा निर्माण भएको बर्थिङ सेन्टर उद्घाटन गर्न गएका सांसद तथा सरकारी र गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई स्थानीय संघर्ष समितिले अवरोध गरेका थिए ।

डाँडाबासमा सांसदहरलाई संघर्ष समितिले कालो झण्डा समेत देखाएका थिए । उनीहरुले आग्रा, गोगने र डाँडाखर्क गाविसलाई गाभेर भिन्दै गाउँपालिका बनाउन माग गरेका हुन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif