Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अाग्राको २५ औं गाउँ परिषद सम्पन्न

tc-1484193119-1484195110.jpg

मकवानपुरको आग्रा  गाउँ विकास समितिको २५ औं गाउँ परिषद २७ पुसमा सम्पन्न भएको छ । गाविस कार्यालयको प्राङ्गणमा भएको गाउँ परिषदको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार रहेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि परियारले आग्रा  गाविसलाई थाहा नगरपालिकामा समाहित गर्नेगरी राज्य पुनर्संरचना आयोगले सिफारिश गरेको सन्दर्भ कोट्याउँदै आगामी दिनमा व्यवस्थित शहरी विकाससँग जोडेर योजना बनाउनु पर्नेमा जोड दिए । केही देखिने योजनाहरु संचालन गर्नसमेत उनले सुझाव दिएका थिए । 
 गाविसका सचिब ज्ञानेन्द्र ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा टियरफण्ड नेपालका क्षेत्रीय संयोजक मुकुन्द केसीले सहभागितामुलक योजनातर्जुमा विधिबाट गरिएको बजेट विनियोजनले परिणाममुखी कार्य हुने विश्वास व्यक्त गर्दै गाउँ परिषद सफलताको शुभकामना दिए । 
सोही  अवसरमा संघसंस्थाको तर्फबाट बोल्दै बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगीले गाविसमा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरुको समग्र कार्यक्रम र बजेट समग्रमा गाविसकै कार्यक्रम र बजेट भएकाले एकीकृत रुपमा जानु पर्ने र्औल्याए । 
कार्यक्रममा नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष डम्बर बहादुर लामा, नेकपा माओवादी केन्द्रका सहसेक्रेटरी दीपेन्द्रकुमार थिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
टियर फण्ड नेपालका बरिष्ट नीति व्यवस्थापक केशब शर्मा, उत्थानशील संयोजक विनोद घिमिरे, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्चका अध्यक्ष मणिप्रसाद सुवेदी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।