nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

असारसम्म थाहामा ८५ देखी ९० प्रतिशत पुननिर्माण सकिने-नगरप्रमुख बिष्ट

IMG_20180305_140548-1520316957.jpg

अबको असार सम्ममा थाहामा ८५ देखी ९० प्रतिशत पुननिर्माण सकिने थाहा नगरपालिकाका नगरप्रमुख लबशेर बिष्टले बताए । उत्तरी मकवानपुरको थाहानगरपालिकामा सोमबार नगरप्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यतामा भुकम्पपछिको पुननिर्माणमा सदाचार पुननिर्माण सम्बन्धि जनप्रतिनिधिहरु संग छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले यस्तो बताएको हो । कार्यक्रममा कोल्दै नगरप्रमुख बिष्टले उपलब्ध जनसशक्तिले मात्र नपुगेको कारण पनि पुननिर्माणमा ढिला भएको बताए । सबभन्दा नागरिकको लागि आवश्यक नै आवास भए पनि आफु जनप्रतिनिधि भए पनि आफ्ना जनताको आवास निर्माण समेत गर्न नसकिएकोमा दुख लागेको बताए । आयोजकलाइ थाहा नगरमा नै भुकम्प पीडितको समस्या सुन्ने र जनताको फाइललाइ सम्बन्धित निकाय सम्म पुर्याउने एकजना मात्र जनशक्तिलाइ ब्यवस्था गरिएमा निक्कै नै सहज हुने बताए । 
गुनासो राख्दै वडाध्यक्षहरुले पुननिर्माणमा इन्जिनियरहरुको हेरफेर धेरै भएको कारण लाभग्राहीहरुलाइ समस्या भएको बताए । इन्जिनियरहरु हेरफेर धेरै हुनाले लाभग्राहीका फाइलहरु फर्वाड भए नभएका जानकारी नै नहुने र पीडितहरुलाइ आवश्यक पर्दा इन्जिनियर नै उपलब्ध नहुने गरेको बताए ।
भ्रष्टाचार बिरुद्ध दबाब सिर्जना गर्ने नागरिक संस्थाको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालले भुकम्पपछिको पुननिर्माण र पुनस्थापनामा सदाचार कार्यक्रम सञ्चालन गरे अनुरुप नै कार्यक्रम सञ्चालन गरिएको ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल केन्द्रका बबिता शर्माले बताइन । थाहा नगरपालिकामा हाल सम्म पुननिर्माणको बिषयमा के कस्ता गतिबिधिहरु सञ्चालन भै रहेको छ ? पीडितहरुको गुनासो के रहेको छ ? पुननिर्माणमा के–कस्ता समस्या तथा चुनौतीहरु छन ? जनप्रतिनिधिहरुको बुझाइ के छ ? र पुननिर्माणको बिषयमा निर्माण भएको नीति लगायतका बिषयमा रहेर सोमबार थाहा नगरपालिकामा जप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, सदस्य, सरोकारवाला, पत्रकार, तथा जनप्रतिनिधिहरुले आफ्नो बुझाइ, भोगाइ, समस्या र गुनासाहरु प्रस्तुत गर्दै छलफल गरिएको थियो । थाहा नगरपालिकामा ५ हजार ८ सय १० लाभग्राही रहेका छन भने फाल्गुण १५ सम्ममा ४ हजार ७ सय ८४ परिवारले पहिलो किस्ता, ५ सय ७१ परिवारले दोस्रो किस्ता र १ सय ५ परिवारले नगरपालिकासंग सम्झौता गरि तेस्रो किस्ता लिइ सकेको थाहा नगरपालिकाले जनाएको भने चित्लाङ लमन्ती, आग्रा टिष्टुङको ५ सय ८४ घर राडो नेपालको समन्वयमा निर्माण सम्पन्न भैसकेको छ ।


ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा सञ्चालन भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालका मकवानपुर जिल्ला अधिकृत प्रमिला थिङले सहजिकरण गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, थाहा नगरका स्वास्थ्य प्रमुख मेघराज बलामी, ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल केन्द्रका बबिता शर्मा लगायतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg