nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अभिमन्युकाे नयाँ भूमिकामा भेटिए ऋषि केबी

IMG_3009-1641994037.jpg

अधिवक्ता ऋषि केबीको अभिमन्यु नयाँ भूमिकामा नामक कविता सङ्ग्रह हेटौंडामा बिमोचन गरिएको छ ।

जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उक्त कवितासङ्ग्रहको बिमोचन गरेका हुन् । कविता सङ्ग्रहको विमोचन कार्यक्रममा बोल्दै लेखक केबीले कृति प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उक्त कवितासङ्ग्रहको प्रकाशक पुण्यशिला श्रेष्ठ रहेकी छिन् ।

ऋषि केबीको यस कविता सङ्ग्रह नवौं साहित्यिक कृति हो । यस कविता सङ्ग्रहमा ३५ वटा कविताहरु समावेश गरिएका छन् । लेखक केबीले साहित्य , पत्रकारिता र कलाकारिता क्षेत्रमा अनुभव बटुलिसकेका छन् । उनी हाल कानुन व्यवसायमा आवद्ध छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)