Tuesday, 8th September, 2026
वि.स.

अब हेटौँडाबाटै सवारी चालक अनुमतिपत्र

प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडाले हेटौँडाबाट नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्नेभएको छ ।

कार्यालयलाई नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्ने अधिकार प्राप्त भएसँगै सवारी चालक अनुमतिपत्र जारी गर्न तयारी थालेको हो ।

सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षा स्थल ड्राइभिङ प्रशिक्षण केन्द्रका लागि निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरेको कार्यालयले आगामी पुस महिनाबाट सवारी चालक अनुमतिपत्र प्रदान गर्ने गरी काम गरिरहेको कार्यालय प्रमुख पोषण थापाले जानकारी दिए ।

ड्राइभिङ प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) प्रस्ताव परेको बताउँदै उनले भने, केन्द्रको प्रस्तावमाथि प्राविधिक मूल्याङ्कन समितिको प्रतिवेदनको आधारमा काम अगाडि बढाइने छ । उनका अनुसार प्राविधिक मूल्याङ्कन समिति गठन गरी अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।

कार्यालयको स्वामित्वमा नभएकाले निजी क्षेत्रले निर्माण गरेको ड्राइभिङ प्रशिक्षण केन्द्र दुई वर्षका लागि प्रयोग गर्ने गरी ट्रायल सेन्टरमा व्यवस्थापन गर्न लागेको हो। केन्द्रका लागि कार्यालयलाई बजेट विनियोजन नभएको हुँदा सेवाग्राहीबाटै शुल्क लिई तत्काल सेवा प्रारम्भ गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

प्रशिक्षण केन्द्र प्रयोग गरेबापत प्रतिव्यक्ति कति दर रेट ट्रायलमा प्रयोग हुने सवारी साधनको वर्गअनुसार प्रतिव्यक्ति सवारी साधन भाडा रकम ट्रायल दिन जानेले नै तिर्नुपर्ने । केन्द्र सञ्चालनका लागि स्वीकृति प्राप्त भएसँगै प्रादेशिक संरचनामा गएपछि काठमाडौँ उपत्यका बाहिर प्रदेश ३ मा हेटौँडाबाट पहिलोपटक सवारी चालक अनुमतिपत्र प्रदान गरिने छ ।

मोटर साइकल, कार, जीपलगायतका ठूला सवारी साधनको सवारी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्नेछ । 

-गोरखा पत्र दैनिकबाट 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०