nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अब शिखरकोट–डाँडाबास–महादेववेसी पीचैपीच : एक अर्ब बजेट विनियोजन

ttttttttttttttttt-1653932366.jpg

मकवानपुरको थाहा नगरपालिका र धादिङको थाक्रे गाउँपालिकाको महादेववेशी जोड्ने पक्की सडक (कालोपत्रे) का लागि करिब १ अर्ब रुपियाँ बजेट विनियोजन भएको छ । डाँडाबास–गैरीगाउँ–दामगाडे–मोरिया–महादेववेशी सडकलाई आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट स्वीकृत प्रस्तावित भएको हो । स्वीकृत भने संसदले गर्नेछ । १५ जेठमा प्रस्तुत संघीय सरकारको बजेटमा सो सडकका लागि ९९ करोड ९८ लाख १५ हजार ७७७ रुपियाँ विनियोजन भएको थाहा नगरपालिकाका प्रथम नगर प्रमुख लवशेर विष्टले जानकारी दिए ।

थाहा नगरपालिकाले पालिकाका नागरिकलाई राष्ट्रिय राजमार्गमा जोड्दै संघीय राजधानीसम्म सडक पहुँच विस्तार गर्न पालिकाको गौरवको योजनाको रुपमा उक्त सडकलाई आर्थिक वर्ष २०७८/०७९ मै राष्ट्रिय योजना आयोग समक्ष प्रस्ताव गरको थियो । पालिकाको प्रस्ताव अनुसार प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश तथा बागमती प्रदेश सरकारले समेत उक्त योजनालाई प्राथमिकतामा राखेकोमा योजना स्वीकृत भएको राष्ट्रिय योजना आयोग बागमती प्रदेशका विकास तथा सुशासन योजना संयोजक डा। राम कुमार फुयाँलले बताए । संयोजक डाक्टर फुयाँलले भने–‘हामीले प्रदेशस्तरबाट प्राथमिकता निर्धारण गरेको योजना स्वीकृत भएको छ, आगामी साउनबाट यो योजना कार्यान्वयनमा जान्छ ।’ सो सडक बागमती प्रदेश समपुरक बजेट मार्फत कार्यान्वयन हुने संयोजक डाक्टर फुयाँलले बताए ।

सडक थाहा नगरपालिकाको वडा नम्बर ७, ८ हुँदै धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ३ मा जोडिनेछ भने थाक्रे २ नम्बर वडालाई समेत उक्त सडकले सहजता हुने प्रथम थाहानगर प्रमुख विष्टले बताए । मकवानपुरकै कैलाश गाउँपालिका अन्तर्गत गोगने र डाँडाखर्ककाका बासिन्दाहरुलाई समेत लाभ पुग्नेगरी योजनामा समेटिएको उक्त सडक योजना छनोटमा सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा योजना मन्त्री शालिकराम जकमकट्टेल,  सामाजिक विकास मन्त्री कुमारी मोक्तान तथा बागमती प्रदेशका सम्पूर्ण मन्त्रीहरुलाई थाहानगरका निवर्तमान विष्टले धन्यवाद दिए । विष्टले राष्ट्रिय योजना आयोग, राष्ट्रिय योजना आयोग बागमती प्रदेश संयोजक तथा सम्पूर्ण पदाअधिकारीहरु र योजना छनोटमा योगदान दिनूहुने सबैप्रति आभार व्यक्त गरे । पक्की सडक निर्माणमा संघीय सरकारले बजेट विनियोजनमा प्राथमिकतामा राख्नू यस क्षेत्रका बासिन्दाको लागि महत्वपूर्ण भएको बताउँदै विष्टले यस कार्यका लागि अवसर जुटाएकोमा मकवानपुर–२ का संघीय सांसद तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाप्रति आभार व्यक्त गरे ।

सडक योजना कार्यान्वयनबाट थाहा नगरपालिकाको वडा नम्बर ७, ८ तथा छिमेकी वडाहरु र थाक्रे गाउँपालिकाको वडा नम्बर ३ र २ तथा कैलाश गाउँपालिकाका बासिन्दाहरुको समेत आर्थिक तथा सामाजिक परिवर्तनमा सघाउ पुग्ने विष्टले विश्वास गरेका छन् ।

कुल २७ किलोमीटर लामो सडक पक्की ९कालोपत्रे० गर्नका लागि बहुवर्षे योजनाका रुपमा कार्यान्वयन हुनेछ । उक्त सडकमा पहिलो वर्ष २० प्रतिशत काम सम्पन्न हुनेछ भने दोस्रो वर्ष ३५ र तेस्रो वर्ष ४५ प्रतिशत काम सम्पन्न गरी सडकलाई पूर्णता दिइने राष्ट्रिय योजना आयोग बागमती प्रदेशका विकास तथा सुशासन योजना संयोजक डा। राम कुमार फुयाँलले बताए । सडकको निर्माण समयमै र गुणस्तरीय हुनेमा  विष्टले अपेक्षा गरेका छन् । विष्टले भने–‘योजना प्राथमिकता निर्धाणमा जसरी राष्ट्रिय योजना आयोग, प्रदेश र संघीय सरकारले सहयोग गरे, हामी हाम्रो तर्फबाट योजना संचालनका लागि उत्तिकै समन्वय र सहयोग गर्नेछौं ।’

वर्षेनी वर्खाको बेला यातायात सेवाबाट विच्छेद हुनुपर्ने थाहानगरको आग्रा क्षेत्रका बासिन्दाका लागि उक्त सडक योजना बरदान सावित हुने थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टले बताए । थाहानगरको ७ र ८ नम्बर वडाबासीलाई राष्ट्रिय राजमार्गसम्मको सहज पहुँचका लागि योजना छनोट भएकोमा नगर प्रमुख विष्टले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए । उनले योजना संचालनका लागि पालिकाको तर्फबाट गर्ने समन्वयमा कुनै कमी हुन नदिने प्रतिक्रिया दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)