nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अब पानी पर्छ कि पर्दैन ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !

sky-clear-1601349981.jpg

हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले नेपालमा पनि मनसुन घट्दै गएको छ । नेपालमा मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् ।

आज प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली भई थोरे स्थानमा मात्र हल्का वर्षा हुनेछ मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?
असोज १३ गते (मंगलबार)

दिउँसो- प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राति-प्रदेश-१, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १४ गते (बुधबार)

दिउँसो – प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति –प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १५ गते (बिहीबार)

दिउँसो-प्रदेश-१, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति- प्रदेश- १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg