Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अब थाहानगरका झोले सहकारीको दिन गए–प्रप्रअ पुरी

IMGL0417-1577151519.JPG

मकवानपुर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले तत्कालिन डिभिजन सहकारी कार्यालयमा दर्ता भई कागजमा मात्र सीमित रहेका सहकारीहरुलाई अनुगमन गरी कानुनी दायरामा ल्याउने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत परीले भने,–‘अनुदान र अवसरका लागि झोलामा मात्र सीमित थाहानगरका सहकारीहरु अब कि मर्ज हुन्छ कि त खारेजी हुन्छ ।’ 

प्रशासकीय अधिकृत पुरीले थाहानगरका सहकारीहरुलाई आफ्नो विनियम र उद्देश्य अनुसार काम गर्न पनि निर्देशन दिए । भूमि व्यवस्था, सहकारी तथा गरिवी विारण मन्त्रालय अन्तर्गतको बजार विकास कार्यक्रम अन्तर्गत ७ पौषमा थाहा नगरपालिकामा शुरु भएको कोपोमिस तालिमको अवसरमा पुरीले यस्तो बताएका हुन् ।  प्रमुख प्रशासकीय अधिकृत पुरीले नगरले आयोजना गरेको कोपोमिस तालिममा नआउने सहकारीसंग स्पष्टिकरण माग्ने समेत बताए । सरकारले शुरु गरेको अनलाईन रिपोटिङ प्रणालीबाट कसैलाई पनि इन्कार गर्न छुट नभएको बताउँदै उनले सहकारी प्रवद्र्धन र नियमनमा थाहा नगरपालिका प्रतिबद्ध रहेको धारणा राखे ।  उनले थाहा नगरपालिकाका सहकारी ऐन बनिसकेको र नियमावली मस्यौदाको चरणमा रहेकोले त्यसको पूर्णतासंगै सहकारीका गतिविधिले थप गति लिने बताए । 

थाहा नगरपालिकामा रहेका सहकारीहरुलाई अनलाईन रिपोटिङका लागि आउटलाइन्स आर.एण्ड डि. को प्राविधिक सहयोग तथा थाहा नगरपालिकाको आयोजनामा कोपोमिस तालिम संचालन गरिएको हो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी विारण मन्त्रालयका उप सचिव अनन्त बस्नेतले कोपोमिस सबै सहकारहिरुले अनिवार्य रुपमा प्रयोगमा ल्याउनुपर्ने बताए । सहकारी, स्थानीय तह, प्रदेश र संघीय सरकारलाई समेत फाइदा पुगने भएकोले यो प्रणाली अनिवार्यको लागि शुरु गरिएको उपसचिव बस्नेतले बताए । उनले गरिवी निवारणका लागि सहकारीको महत्वूर्ण भूमिका रहेको हुँदा आफ्नो उद्देश्य अनुसार काम गर्न सहकारीहरुलाई अनुरोध गरे । संघीय संरचना अनुसार पहिले जस्तो स्थानीय निकाय नभएको र अहिले स्थानीय सरकार भएकाले सबै सहकारी स्थानीय सरकारकै मातहतमा रहने भएकोले संघीय सरकारले स्थानीय सरकारसंग समन्वय मात्र गर्न सक्ने उल्लेख गरे । यसका लागि संघीय सहकारी मन्त्रालय जहिल्यै समन्वय गर्न तयार रहेको बताए । 

दुई चरणमा संचालन गरिएको कोोिमिस तालिममा थाहा नगरपालिकाका सहकारीहरुको सहभागिता रहेको छ । सहभागहिरुलाई कोपोमिस विज्ञ सगुन धाख्वाले सहजीकरण गरिरहेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०