Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अब, हेटौंडाबाटै स्मार्ट लाइसेन्स

yatayata-office-1558502528.jpg

हेटौंडामा रहेको प्रदेश ३ यातायात सेवा कार्यालयबाटै सवारी अनुमतिपत्र स्मार्ट लाईसेन्स पाइने भएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ८ जेठमा अनुमतिपत्रको सेवा शुभारम्भ गरे । यातायात व्यवस्था विभागले सातवटै प्रदेशमा एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०