Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अपडेट- मकवानपुरको कैलाश गाउँपालिका भवनमा आगलागी

मकवानपुर कैलाश गाउँपालिकाको कालिकाटारमा रहेको प्रशासनिक भवनमा आगलागी भएको छ । पालिका भवन वडा नम्बर ३ मा पर्छ । भवनमा भएकाे अागलागीका कारण सामाग्रीहरू झिक्न नसकिएकाे स्थानीयहरूले बताएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवनमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । 

अहिले गाउँपालिका भवनमा आगलागी भैरहेको र निभाउन स्थानीयहरु जम्मा भएको कामका लागि कार्यपालिका भवनमा पुगेका तिर्थ पाख्रिनले जानकारी दिए । 
यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)