Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अध्यादेशविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलित

hetauda10-1545043431.jpg

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।

विभिन्न दलनिकट कर्मचारी संघसंगठनले नगरपालिकामा काम ठप्प पारेर धर्ना दिँदै आन्दोलन शुरु गरेका हुन् । केही समयअघि सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको विरोध गर्दै उनीहरुले धर्ना, हातमा कालोपट्टि बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्मका आन्दोलन घोषणा गरेका छन् ।

मकवानपुरमा दश स्थानीय तह छन् । हेटौंडा उपमहानगरमा १८० कर्मचारी कार्यरत छन् भने जिल्लाभर ४ सयको हाराहारीमा कर्मचारी छन् । अध्यादेशको विरोधमा विपक्षी कांग्रेससँगै सत्तारुढ नेकपासम्बद्ध स्थानीय तहका कर्मचारी संगठन संयुक्तरुपमा आन्दोलनमा छन् । नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका हेटौंडा इकाई अध्यक्ष अमोदप्रसाद मैनालीले पुस १० गतेसम्म पनि माग पूरा नभए थप सशक्त कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

पुष्पराज अधिकारी, हेटौंडा ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०