Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

अधिकार खोज्दा कर्तव्य नभूल्नू–अध्यक्ष लामा

0001-1497679256.jpg

जनजातीले अधिकार मागिरहदा आफ्नो कर्तव्य नभुल्न सम्पुर्ण जनजातीमा इन्द्रसरोवर गाउपालिकाका अध्यक्ष जीवन लामाले आग्रह गरेका छन् । जनजाती अधिकारमुखी भइ दिदा अन्य समुदायबीच दुरी बढेको हो कि भन्ने उनको विश्लेषण थियो ।

पहिलो स्थानीय निर्वाचित मार्फत् इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई नेपाल आदिवासी जनजाती महासंघ इन्द्रसरोवर गाउँपलिका २ कुलेखानीले ३ गरेको सम्मान कार्यक्रममा बोल्दै उनले जनजातीहरूलाई यस्तो आग्रह गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीर बहादुर थिङ, मञ्जु रूम्बा वडा नंम्बर २ का वडा अध्यक्ष राजुमान महर्जन गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामाले मन्तब्य व्यक्त गरेका थिए ।