nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अगुवा किसानलाई आलुखेती प्रविधि तालीम

मकवानपुर थाहा नगरपालिका स्थित शीतोष्ण बागवानी नर्सरी केन्द्र दामनमा आलुखेती प्रविधि सम्बन्धी अगुवा कृषकहरुलाई पाँचदिने तालीम दिइएको छ । 

२७ जनाको सहभागिता रहेको तालीममा उन्नत खेती प्रविधि सम्बन्धी तालीम दिइएको थियो । तालीममा दामन, पालुङ, बज्रवाराही तथा भिमफेदी गाउँपालिकाका कृषकहरुको सहभागिता रहेको थियो ।  सहभागीहरुलाई शीतोष्ण बागवानी नर्सरी केन्द्र दामनका बरिष्ठ बागवानी विकास अधिकृत आइतसिं गुरुङ, बागवानी विकास अधिकृत युवराज विक, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, पुनम पौडेल र पवित्रा काफ्लेले सहजीकरण गरेका थिए । 

तालीमका सहभागीहरुलाई १५ चैत्रमा एक समारोहकाबीच प्रमाणपत्र वितरण गरिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)