Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

 यस्तो छ २६ पौषको तेस्रो थाहा दिवसको कार्यक्रम

रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सव तथा तेस्रो थाहा दिवस २६ पौषको तयारी पूरा भएको  । सामाजिक कार्यमा क्रियाशिल थाहानगरको फरक सोच अभियानले दिवसको तयारी पूरा गरेको हो । फरक सोचले थाहानगरमा विष्टको जन्मोत्सवमा थाहा दिवस मनाउँदै आएको छ । फरक सोचले जन्मोत्सवको      अवसरमा तेस्रो थाहा दिवस तथा शैक्षिक क्षेत्रमा थाहानगरको लागि अभियन्ता समेत रहेका तिर्थदास श्रेष्ठको स्मृतिमा हरेक वर्ष झैं यस वर्ष पनि विभिन्न शिर्षकमा चौंथो तिर्थदास स्मृति सामाजिक सम्मान कोष अन्र्तगत सम्मान गर्ने भएको छ ।

सामाजिक सम्मान सहित स्थानीय निर्वाचनमा थाहानगरको पहिलो निर्वाचित मेयर र उपमेयरलाई अभिनन्दन गर्ने  फरक सोच अभियानले जनाएको छ ।  तेस्रो थाहा दिवसकै दिन जिल्लामा कार्यरत पत्रकार मध्येबाट एक जनालाई ‘थाहा पत्रकारीता’ सम्मानबाट सम्मान गर्ने फरक सोचले जनाएको छ ।  

थाहा दिवसकै अवसरमा नारि शिक्षा कोष अन्र्तगत थाहा नगरका माध्यामिक तहका २० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री प्रदान गरिने भएको   छ । मकवानपुर क्षेत्र नं। २ प्रतिनिधि सभाको सांसद विरोध खतिवडाको प्रमुख आतिथ्यता र प्रदेश शभा ‘क’ कुमारी मुक्तानको विशेष आतिथ्यतामा हुने कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, जनप्रतिनिधी, संघ संस्था तथा कार्यलयका प्रतिनिधी लगायत सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन फरक सोच अभियानले आग्रह गरेको छ । कार्यक्रम विकास घर शिखरकोटमा २६ पौष विहान ८ बजे हुने भएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०