nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘थाहा दिवस’को सन्दर्भमा थाहानगरमा दुई कार्यक्रम सम्पन्न

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८३ औं जन्म दिवसको अवसरमा फरक सोचले विष्टको जन्मथलो थाहानगरको जनकल्यण उच्च माविमा अन्तर मावि वक्तृत्व कला र निबन्ध लेखन प्रतियोगीता गरेको छ । १३ पौषमा सम्पन्न कार्यक्रम जनकल्याण माविको सहकार्यमा भएको हो । निबन्ध लेखन र बक्तृत्वकला प्रतियोगितामा१६ जना विद्यार्थीहरुले सहभागिता जनाए । 

फरक साेचका अभियन्ता मजाेज रायमाझीकाे संयाेजकत्वमा भएकाे प्रतियोगितामा जनकल्याण मावि, मत्य नारायण मावि, पालुङ मोर्डन इंग्लीस स्कुल र झम्केश्वरी माविले प्रतियोगीता जनाएका हुन् । ‘थाहा’ र थाहाको महत्व शिर्षकको निबन्ध लेखनमा जनकल्याण माविबाट स्मृति सिन्तान र कविता केसी, मत्स्य नारायण माविबाट सहारा वस्नेत र दिपिका के.सी, पालुङ मोर्डन इंग्लीस स्कुलकबाट शिखा लामा र पुष्कल श्रेष्ठ र झम्केश्वरी माविबाट सुस्मिता ब्लोन र सुष्मा लामा सहभागी भएका थिए । 

त्यस्तै ‘हामीले सुनेको रुपचन्द्र’ विषयक वक्तृत्वकला प्रयोगितामा मत्स्य नारायण माविबाट रोशन थापा र रमिला कार्की, जनकल्याण माविबाट सफलता नेपाली र दिपेन्द्र दियाली, पालुङ मोर्डन इंग्लीस स्कुलबाट सजना बर्तौला र उदयराज उप्रेती, झम्केश्वरी माविबाट सनुप श्रेष्ठ र जमुना श्रेष्ठले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकमा पालुङ बहुमुखी क्याम्पस प्रमुख रामहरि अधिकारी र बाल कल्याण समाजका परियोजना संयोजक कुमार नेगी रहेका थिए ।

फरक सोच अभियानका अभियन्ता यादव जंग रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा जनकल्याण उच्च माविका प्राचार्य सानोभाई कार्की, फरक सोचका रामकुमार कार्की, जनकल्याण माविका शिक्षकहरु कृष्ण बहादुर विष्ट, राम कुमार बल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताका विजेताहरुलाई पौष २६ गते थाहा दिवसको अवसरमा पुरस्कार वितरण गरिने थाहा दिवस मूल आयोजक समितिका संयोजक तथा फरकसोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।
 



https://thahatimes.com/public/images/users/23439408_1021306737743099-1510299763.jpg

रामकुमार कार्की

palunge@gmail.com

कार्की यस अनलाइनका डेस्क सम्पादक हुन् । उनी फोटो पत्रकार हुन् ।