nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

८ नम्बरमा उमेदवार सहितको ¥यालि

स्थानिय निकाय निर्वाचनको मिति नजिकिदै जाँदा चुनाबि रौनक देखिन थालेको छ । चुनाबमा आफुलाई अव्बल देखाउनका लागि उमेदवार मतदाताका घरघरमा जाने क्रम सँगै एमालेको भातृसंगठन युवा संघ ८ नम्बर वडा कमिटिले उमेदवार सहितको मोटरसाइकल ¥याली गरेको छ । चुनाबी प्रचार कार्यालयबाट सुरु भएको ¥यालिले हेटौंडा ८ को मैदा, सुर्योदय, फायरलाईन÷किरन, मेनरोड, बिकास, कालिका, बिन्ध्यबासीनी टोलको परिक्रमा गरेको थियो । ¥यालीमा एमालेको तर्फबाट बडा अध्यक्षका उमेदवार गोपालबहादुर श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ, कल्पना बिश्वकर्मा, यशोदा उप्रेती र गोतामे मोक्तान सहभागि रहेको वडा युवा इन्चार्ज कमला घलानले जानकारी दिइन् । ¥यालि पछि युवा संघले बृहत युवा भेला गरेको छ । भेलामा अनेरास्वबियु केन्द्र उपाध्यक्ष महेश बर्तौला, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै एमाले हेटौंडा ८ नम्वरले चुनाबि अभियान अन्तर्गत वडा वडामा प्रचार कार्यालय स्थापना गर्दै स्थानिय निर्वाचन लक्षित अभियान चलाएको हो । अभियान अन्तर्गत पहिलो चरणमा टोल टोलमा एमाले अभियान अन्तर्गत टोल प्रचार कार्यालय गठन गरिएको एमालेले जनाएको छ । अभियान अन्तर्गत कालिका, सुर्योदय, बिकास, फायरलाईनर किरानचोक, बिन्ध्यवासिनी र मिलनटोलमा टोल प्रचार कार्यालय गठन गरिएको प्रचार प्रसार कमिटिका संयोजक यशोदा उप्रेतीले बताईन् । टोल प्रचार कार्यालयले बैशाख ३१ गते तोकिएको निर्वाचनलाई सफल बनाउनका लागि र एमालेको उमेद्वारलाई निर्वाचनमा बिजयी गराउने भुमिकामा लाग्नका लागि निर्माण गरिएको बताईएको छ ।

गठित टोल प्रचार कमिटि अन्तर्गत कालिका टोलमा नोखबहादुर तिमल्सिना,सुर्योदयमा सुनिल लोप्चन, ओमनगरमा तिलुकुमारी गिरी, बिकास टोलमा फणेन्द्र शर्मा, फायरलाईन÷ किरानचोक मा रमेशकाजी थापा, बिन्ध्यवासीनीमा अनुपा घलान र मिलनटोलमा लक्ष्मी पोखरेलको संयोजकत्वमा कमिटी गठन गरिएको हो ।कमिटि वडा अध्यक्षका उमेदवार तथा एमाले हेटौंडा उपमहानगर परिचालन कमिटीका संयोजक गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।