nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

८५ लाखको लागतमा फाखेलमा बन्यो स्वास्थ्य चौकी भवन

अमेरिकीएर्स नामक अन्तरास्ट्रिय संस्थाको सहयोग बीएनएमटीको प्राविधिक सहयोगमा तयार भएको फाखेल स्वास्थ्य चौकीको नयाँ भवन एक समारोह बीच फाखेल स्वास्थ्य चौकी ब्यवस्थापन समितिलाई १४ पौषमा हस्तान्तरण गरिएको छ ।

कुल ६९ लाख अनुदान तथा २६ लाख बराबरको सामुदायिक लगानीमा भवन निर्माण गरिएको । बीएनएमटीले जनाएको छ । सोही अबसरमा भवन निर्माणका लागि जग्गा दान दिने धनबीर स्याङ्तान, जीतबहादुर स्याङ्तान, प्रताप स्याङ्तान, हरिकुमार लामालाई प्रशंसा पत्र प्रदान गरियो । कार्यक्रममा फाखेल स्वास्थ चौकी ब्यबस्थापन  समिती सदस्य धनराज महर्जन , नागरिक मञ्च संयोजक धनबीर स्याङ्तान, एमाले क्षेत्र नं २ उपाध्यक्ष जीवन लामा, प्लान ईन्टरनेशनलका वेदबहादुर लामा लगायतले बोलेका थिए । 

हाल खोप, पोषण, परिबार नियोजन, सामान्य चिकित्सा प्रसुती सेवा लगायतका सेवा प्रदान गर्दै आएको यो सस्थाले कुलेखानी फाखेल हुमाने सडकमा हुने सडक दुर्घटनालाई मध्यनजर राखी दुर्घटनाबाट हुने मानबीय क्षति कम गर्न ट्रमा युनिटका रुपमा सेवा बिस्तार गरिने जानकारी इन्चार्ज अनिता बुढाले दिइन । 

गत २०७२ बैशाख १२ र त्यसपछी आएका परकम्पले फाखेल स्वास्थ्य चौकी भवन जिर्ण भए पछि अन्तरास्ट्रिय दातृ संस्था अमेरिकिएर्सको सहयोगमा नयाँ भवन बनेको हो ।

संस्था स्वास्थ्यकर्मीको क्रिडा स्थल नबनोस्–लामा

कार्यक्रममा नेकपा एमाले क्षेत्रीय उपाध्यक्ष जीवन लामाले फाखेल स्वास्थ्य चौकीलाई स्वास्थ्यकर्मीहरुको क्रिडा  स्थल बन्न नदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । फाखेल स्वास्थ्य चौकीको नव निर्मित भवन हस्तान्तरण समारोहमा दलीय प्रतिनिधिको रूपमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । मकवानपुरको दुर्गम गाबिस का रुपमा चिनिने फाखेल राजधानी संग सीमाना जोडिने गाबिस हो । यहाँ विगतमा प्रत्येक हप्ता जस्तो स्वास्थ्यकर्मीहरु फेरि रहने र ती स्वास्थ्यकर्मीहरु सेवाका लागि भन्दा पदोन्नतिका लागि मात्र आउने र स्वार्थ पूरा भए पछि थाह पत्तो समेत नदिई सरुवा हुने उनको आरोप छ ।

अमेरिकीएर्स नामक अन्तरास्ट्रिय संस्थाको सहयोग बीएनएमटी नामक संस्थाको प्राबिधिक सहयोगमा कूल ६९ लाख अनुदान र करीब २६ लाख बराबरको सामुदायिक सहयोगमा भवन बनेको बीएनएमटीले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको सभाध्यक्षता एवम् स्वास्थ्य मन्त्रालय वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।  कार्यक्रममा भवन निर्माणकालागि जग्गा दान दिने मानबीर स्याङ्तान, जीतबहादुर स्याङ्तान, प्रताप स्याङ्तान, हरिकुमार लामा लाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

अहिले खोप, पोषण, परिबार नियोजन, सामान्य चिकित्सा प्रसुती सेवा लगायतका सेवा प्रदान गर्दै आएको यो सस्थाले कुलेखानी फाखेल हुमाने सडकमा हुने सडक दुर्घटनालाई मध्यनजर राखी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न ट्रमा युनिटका रुपमा सेवा बिस्तार गरिने इन्चार्ज अनिता बुढाले जानकारी दिइन । गत २०७२ बैशाख १२ र त्यसपछी आएका परकम्पले फाखेल स्वास्थ्य चौकी भवन जिर्ण भए पछि अन्तरास्ट्रिय दातृ संस्था अमेरिकिएर्सको सहयोगमा नयाँ भवन बनेको हो ।
 

-पुस्कल गोले सागर/फाखेल



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

fffffffffffffffffffffffff-1483061553.jpg