Wednesday, 16th September, 2026
वि.स.

७७ जिल्लामै कोरोना फैलियो : संक्रमितको संख्या १२ हजार नाघ्‍यो

gautam-1593254908.jpg

नेपालमा कोरोना भाइरस (कोभिड–१९)संक्रमिततको संख्या १२ हजार नाघेको छ । शनिबार मात्र पाँच सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र  जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको हो । 

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष  गरेर पाँच सय ५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । कुल संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष गरे १२ हजार तीन सय ९ जनामा संक्रमण पुष्टि भएको हो । 

नेपालका ७७ जिल्लामै कोरोना फैलिएको छ । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र कोरोना पुष्टि भएको थियो । शनिबार रसुवामासमेत कोरोना पोजिटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरेर १३६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif