nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

"१५ दिने म्याद दिएर गरिएको सूचना पर्याप्त छैन, क्षेत्रिय प्रशासकसँग छलफल गर्छु" –मन्त्री लेखक

Cov00-1483630178.jpg

मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले २१ पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेट गरेको छ ।  मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय, हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग भेट गरेको हो । 
मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत मन्त्री लेखकसँग छलफल गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गरेका थिए ।
भेटका अवसरमा मन्त्री लेखकले यस विषयमा वास्तविकता बुझ्ने र जनतालाई राहत दिने तर्फ अघि बढ्ने बताउनु भएको छ । अर्को प्रसङ्गमा मन्त्री लेखकलेसडक विस्तारमा मन्त्रालयसँग कार्यदल समेत रहेकोले यस विषयमा सो कार्यदलको प्रतिवेदन समेत माग्ने आश्वासन दिनु भएको छ । मन्त्री लेखकले भन्नु भयो १५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु । भेटका अवसरमा राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरु विकास विरोधि नरहेको तर प्रभावितहरुलाई उचित क्षतिपूर्ति दिनु पर्ने आफूहरुको धारणा रहेको बताएका थिए । 
यसै गरी संघको टोलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग पनि भेट गरेकोछ । भेटका अवसरमा सभापति देउवाले बजारको सुन्दरता जोगाउन आफू समेत गम्भीर रहेको बताएका छन् । यस विषयमा सम्बन्धित निकायसँग आफूले छलफल गर्ने र हेटौंडाबासीलाई आतंकित नहुन समेत आग्रह गरेका छन् । सभापति देउवासँगको भेटमा संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, अरुण रायमाझी लगायतको सहभागिता रहेको थियो ।
सडक विस्तारको विषयमा छलफल गर्न पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ, साँसद सुभाषचन्द्र ठकुरी, साँसद डिना उपाध्याय, साँसद अनन्त पौडेल, साँसद राजाराम स्यांगतान, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, नेकाँ पूर्व जिल्ला सभापति रामचन्द्र अर्याल, नेकाँ ३ नं क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेकाँ महिला सभापति लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg