nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

११ हजार घर पहिरोको जोखिममा, ७०४ परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने

pahiro-jokhim-1594631170.jpg

 पहिरोको जोखिममा रहेका ७ सय ४ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सरकारले जानकारी दिएको छ । मुलुकमा मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका हुन् । 

केही दिनअघि बझाङको केदारस्युँ गाउँपालिका(८ मल्लेसीमा गएको पहिरोप्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा निर्देशक पोखरेलले भने, ु१४ जिल्लाका ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये ७ सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जरुरी छ ।ु

पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोक, गोरखा, रसुवा रहेको पोखरेलले बताए । जोखिममा रहेका कतिपय परिवार र गाउँले थातथलो छोड्न नमान्दा समस्या उत्पन्न भएको पनि उनले बताए । ुहामी जोखिममा छैनौं भनेर अर्को ठाउँमा जान मान्नुहुन्न,ु उनले भने ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक


त्यस्तै, सीमामा भारतले निर्माण गरेको तटबन्धका कारण बाढीको उच्च जोखिममा प्रदेश २ रहेको पोखरेलले बताए । उनले त्यसमा पनि रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा रहेको उनले जानकारी दिए ।

बाढी र पहिरोको जोखिम बढ्नुको कारण कृत्रिम रहेको पोखरेलको भनाइ छ । उनले भने, ुसानो घर बनाउँदा नक्सा पास गर्नुपर्छ तर ठूला सडक निर्माण गर्दा नक्सा पास गर्नु पर्दैन । बाढी र पहिरोको जोखिम कृत्रिम कारणले भएको पाइएको छ ।ु

बाढी र पहिरोमा परेर सोमबार बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

नेपालमा मनसुन सुरु भएको पहिलो ३० दिनमा उच्च जोखिम हुँदै गरेको सरकारी अध्ययनले देखाएको छ । सरकारी अधिकारीहरूका अनुसार पछिल्लो १० वर्षको अध्ययन गर्दा मनसुन सुरु भएको पहिलो ३० दिनमा ठूलो क्षति भएको छ । यसवर्ष पनि मनसुन भन्दा पहिले नै उच्च वर्षा भएकाले नै जनधनको ठूलो क्षति भएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)