Wednesday, 16th September, 2026
वि.स.

११ वर्षीया बालिका बलात्कारका मुख्य आरोपी पक्राउ

pakrau-1594023210.jpg

जनकपुरको कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पञ्जियारलाई बलात्कार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । 

घटनाका मुख्य आरोपी भारतको उत्तर प्रदेशको मलिहावाद जिल्लास्थित काकोरी ग्राम पञ्चायत काकोरी वडा नम्बर–११ पिन नम्बर ८१३१०९ गाउँ बण्डाखेर बस्ने अशोक सिंहका ३२ वर्षीय छोरा दिपु सिंह रहेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाका आरोपित एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित चौधरी र मिश्र इन्डष्ट्रिजमा करिब ४÷५ महिना अगाडिदेखि काम गर्दै आएका सिंह १७ असारमा सोही इन्डष्ट्रिजमा आँप टिप्न गएकी बालिका कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाई ललाईफकाई सोही इन्डष्ट्रिजको पछाडीपट्टी बगैंचाको एकान्त कुनामा लगि बलात्कार पश्चात मुख थुनेर हत्या गरी मृतकको शवलाई बल्यांकेटमा बेरेर दुधमति नदीको पश्चिम साईडको डिलमा रहेको सिकटको झाडीमा फाली सो बल्याङ्केट बालिकाको शवदेखि ५० फिटको दूरीमा दिलीप चौधरीको धानबाली खेतमा फालेर माथिबाट माटोले पुरेका थिए ।

घटनाका अभियुक्त सिंहलाई खोज तलासका क्रममा सोही इन्डष्ट्रिजबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूले नै घटना घटाएको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।मृतक बालिकाका पिता बिनोद पञ्जियारले नेपालमा यस्ता अपराधीलाई मृत्यु दण्डको सजाय नरहेकोमा दुःख व्यक्त गर्दै हदैसम्मको कडा कारबाहीको माग गरेका छन् । 

सिंहलाई जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएकाले म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif