Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा ७.१० प्रतिशत विद्युत चुहावट नियन्त्रण गरेको दाबी

नेपाल विद्युत प्राधिकरणको हेटौंडा वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ०७५/७६ मा ७ दशमलव १० प्रतिशत चुहावट नियन्त्रण गरेको दाबी गरेको छ ।


केन्द्रले चुहावट दर १ दशमलव ७८ प्रतिशतमा सीमित गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा ८ दशमलव ८८ प्रतिशत चुहावट थियो । आर्थिक वर्ष ०७५/७६ मा १ दशमलव ७८ प्रतिशतमा सीमित भएको प्राधिकरणका इन्जिनियर आनन्द यादवले बताए ।

आव ०७३/०७४ मा १३ प्रतिशत विद्युत चुहावट रहेको थियो । हेटौंडा वितरण केन्द्रले आव ०७४/७५ मा १६ करोड ९७ लाख ५६ हजार ५ सय ६२ युनिट विद्युत विक्री गरेकामा आव ०७५/७६ मा २० करोड ३३ लाख २९ हजार ४ सय ८९ यूनिट विद्युत बिक्री गरेको जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०