Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडाको सरकारी संरचना डोजरले जोत्यो, निजी भत्काए हेटौंडा रगतपिच्छे हुने (हेर्नुहोस् भिडियो सहित)

राजमार्गलाई २५ मिटर फरकिलो बनाउने क्रममा हेटौँडा स्थित वभिन्न सरकारी कार्यालयको संरचना भत्काईएको छ । १४ पौषमा हेटौँडाको हेटौँडा अस्पतालको ब्यवसायीक भवन, रानी दरबार परिषरमा रहेको वन विज्ञान अध्ययन सस्थान तथा नेपाल ट्रस्टले अतिक्रमण गरेको संरचनामा डोजर लगाएर भत्किाइएको छ । यसअघि सडक विभाग हेवी इकुमेन्ट, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालले अतिक्रमण गरेका संरचना भत्काएइसकेको छ । 

सडक डिभिजन कार्यालय हेटौँडाले गत मंसिर २८ गते हेटौँडा उपमहानगरपालिकामा रहेका २५ मीटर क्षेत्रमा पर्ने सरकारी कार्यालयलाई १० दिन भित्र संरचना भत्काउन पत्रचार नै गरेर निर्देशन दिएको थियो । 

हेटौँडा अस्पताललाई ७ दिन भित्र मातहतको संरचना खाली गर्न पत्राचार गरेको भएपनि ब्यवसायीहरुले अटेर गरेपछि वाध्य भएर भवनमा डोजर लगाएको डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकृत इन्जिनियर जयराम अधिकारीले बताए ।

निजी भवन भत्किए हेटौंडामा रगतपिच्छे हुने- न्यौपाने

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले सडक फराकिलोको क्रममा निजी घरहरु पनि भत्काए रगतपिच्छे हुने प्रतिक्रिया दिएकाछन् । संरचनाहरु भत्काउन थालेको प्रति गम्भिर आपत्ती जनाउँदै क्षेत्रिय प्रशासकको निर्देशनमा संचरनामा डोजर चलाएको बताउँदै उनी बिरुद्ध आन्दोलनमा जाने बताए  । 

प्रशासनले एकलौटी रुपमा भवनहरु भत्काउने काम गर्दा समेत मकवानपुरका राजनीतिक दलहरुको कुनै प्रतिक्रिया नआउनु आश्चार्यको विषय भएको न्यौपानेको भनाई रहेको छ ।

भिडियोः अशोक श्रेष्ठ/हेटौँडा

 

 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।