nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौँडामा भयो प्रधानमन्त्री ओलीको श्राद्ध

मकवानपुरको हेटौँडामा प्रधानमन्त्री केपी शर्मा ओलीको श्राद्ध गरिएको छ । ओली सतिह नेपालका सबै ८ सय ८४ जना सांसदको पनि श्राद्ध गरिएको हो ।

हेटौँडाका राकेशकुमार शर्माले राज्यको ढुकुटी दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री सहितको सबै सांसदहरुको श्राद्ध गरेका हुन् । हेटौँडाको मुख्य चोकको रुपमा रहेको बुद्ध चोकमा उनले श्राद्ध गरेका हुन् ।
सरकार तथा सांसदहरुले देशको स्वाधिनताको कुनै वास्ता नगरेको, राज्यको ढुकुटी दोहन गरेको भन्दै आफुले प्रधानमन्त्री सहित सबै सांसदहरुको श्राद्ध गरेको बताए ।

यस अघि पनि उनले विभिन्न मागहरु राख्दै प्रधानमन्त्री तथा विभिन्न नेता र सांसदहरुको श्राद्ध गर्दै आएका छन् ।

स्रोतः खबर ब्रेक