nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हाँडीखोलामा लापा अद्यावधिक गरिँदै

हाँडीखोला गाविसमा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजना (लापा) को अद्यावधिक गरिने भएको छ । हाँडीखोला गाविस कार्यालयले आयोजना गरेको स्थानीय जलबायु परिवर्तन योजना तथा विपद् जोखिम व्यवस्थापन समितिबीचको कार्यशालाले यस्तो योजना अद्यावधिक गर्ने निर्णय गरेको हो । योजना अद्यावधिक गर्दा केयर नेपाल र ग्रामीण महिला सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने सहमति समेत भएको छ । 

गाविसभित्र रहेको लापा र विपद जोखिम व्यवस्थापन समितिले संयुक्त रुपमा विपद् तथा जलबायु परिवर्तनसम्बन्धी योजनाहरु निर्माण गर्ने र त्यसका लागि केही समयभित्रै संरचना तयार पारेर अघि बढ्ने समेत सहमति भएको ग्रामीण महिला सेवा केन्द्रका पोशक भण्डारीले बताए । कार्यक्रममा अध्यक्षको तर्फबाट मन्तब्य ब्यक्त गर्दै गाविसका सचिव राजु आचार्यले आगामी गाउँ परिषदमा विपद् जोखिम न्यूनिकरण र जलबायु परिवर्तन नियन्त्रणका लागि लापाले ल्याउने योजनामा बजेट बिनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । 

केयर नेपालका तर्फबाट निरज काफ्ले र देवता रिजालले जलबायु अनुकूलन योजना र विपद् जोखिम ब्यवस्थापन समितिबीच सहकार्यका सम्भावना र चुनौतिहरुका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नागरिकम मञ्चका संयोजकहरु, विद्यालयका प्रतिनिधिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिका पदाधिकारीहरु, लापाका पदाधिकारीहरुसहित केयर नेपालका रुपेन्द्र बस्नेत, ग्रामीण महिला सेवा केन्द्रका तर्फबाट शर्मिला श्रेष्ठ र पोशक भण्डारीको सहभागिता रहेको थियो ।