nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हरेराम थापा स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति वितरण

scholar-1655642097.jpg

हरेराम थापा स्मृति प्रतिष्ठानले थाहा नगरपालिका २ स्थित मत्स्य नारायण माविका गरिव तथा जहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले विद्यालयका ५ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।

छात्रवृत्ति अन्तरगत व्याग, कापी, कलम, सिसाकलम, ज्यामिती बक्स, विद्यालय पोशाक, अध्ययन खर्च लगायत प्रदान गरिएको प्रतिष्ठानका संरक्षक मिना थापाले जानकारी दिइन् । विद्यालय पुगेर प्रतिष्ठानका संरक्षक थापाले छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा हरेराम थापा स्मृति प्रतिष्ठानका हरिकृष्ण विष्ट, श्रीकृष्ण विष्ट, मिनबहादुर थापा, विश्वराम थापा, विद्यालयका प्रधानाध्यापक विष्णुहरि ढकाल, शिक्षकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

छात्रवृत्ति कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य श्रीकृष्ण विष्टले गरेका थिए ।

थाहा–२ सोल्टुका स्थायी बासिन्दा व्यवसायी स्व. हरेराम थापाको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । छात्रवृत्ति वितरणपछि विद्यालयका प्रधानाध्यापक ढकालले दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारमा धैर्यधारणा गर्ने शक्ति मिलोस् भन्दै कामना गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)