nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हरिबोधनी एकादशीमा दामनमा बृहत साँस्कृतिक कार्यक्रम

थाहा कला केन्द्रको मुख्य आयोजनामा पर्यटकीय नगरी थाहाको दामनमा हुन लागेको बृहत साँस्कृतिक तथा चिट्ठा कार्यक्रमको तयारी पुरा भएको छ । यहि कार्तिक १४ गते हरिवोधिनी एकादशीको दिन थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावर अगाडिको सडक विभागको चौरमा हुने कार्यक्रमको तयारी पुरा भएको क्लवका अध्यक्ष सानोबाबु मुक्तानले जनाकारी दिए ।

समाज रुपान्तरणको लागि चलचित्र निर्माणको लागि आयोजना गरिएको कार्यक्रम विहान साँढे १० बजेदेखि सुरु हुने अध्यक्ष मुक्तानले बताए । मकवानपुरको पर्यटकीय क्षेत्रलाई कलाको माध्यामबाट चिनाउने र समाज रुपान्तरको लागि यूवावर्गको महत्वपूर्ण भुमिका रहने भएकोले यूवाहरुलाई चलचित्रको माध्यामबाट सहि दिशा तर्फउन्मुख गराउन यस कार्यले टेवा पुग्ने विश्वास लिएको बताए । 

‘कला संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ स्थापना भएको केन्द्रले समाज रुपान्तरणको लागि चलचित्र निर्माणमा जुटेका हो । यस अघि उत्तरीभेगका पर्यटकीय क्षेत्रलाई समेटि तयार गरेको थाहा कला केन्द्रको परिचय गीत समेत सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा विशेष आर्कषणको रुपमा चिट्ठा उपहार पनि राखिएको छ । जसमा प्रथम उपहार स्कुटि, द्धितीय उपहार ३२ इन्च टिभि र तृतीय उपहार स्यामसुङ मोबाइल फोन र सान्त्वना उपहार साधारण मोवाइल ५ जनालाई राखिएको छ । टिकटदर २ सय रहेको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनुको साथै भिमफेदी गाईजको वेजोड प्रस्तुती रहने भएकोले कार्यक्रममा थप आकर्षित हुने अपेक्षा लिएको प्रचार प्रसार संयोजक रुपक कालिराजले जानकारी दिए । १० हजार र्दशकको सहभागिता रहने अपेक्षा गरिएको समेत बताए ।

त्यसैगरि रक स्टार सरस्वती लामा, राष्ट्रिय गायक तथा सञ्चारकर्मी समेत रहेका लोक गायक मुक्तिनाथ उपे्रती,लोक गायक रुपचन्द्र सापकोटाले विशेष रुपमा मनोरञ्जन प्रदान गर्नेछन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)