nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्रायणी चौरमा अरेली काँडैले मलाई च्वास्सै !

406848403_127460789322871-1701529461.jpg

थाहा नगरपालिकामा जारी कृषि, पर्यटन व्यापार मेल चौथो थाहा महोत्सवमा गायिका शान्ति श्री परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । १६ मंसिरमा बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शान्तिले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन् ।

‘मन प¥यो क्या गर्नु’, ‘रुकुमको हान्यो माया चौका दाउ हुकुमको’, ‘खोली तारी देउ न माझी दाई’, ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’लगायतको गीत गाउँदै गायिका परियारले महोत्सवमा प्रस्तुती दिएकी थिइन् । उनको प्रस्तुतीमा दर्शकले हुटिङ गर्नुको साथै नाचेर साथ दिए । शनिवार शान्तिसँगै गायक सरोज लामिछाने, रवि हमाल, गणेश केसीको प्रस्तुती रहेको थियो । थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजना तथा थाहा नगरपालिकाको आयोजना र ईन्द्रायणी काला भैरव गुठिको सह आयोजनामा २५ मंसिरसम्म थाहा नगरमा बृहत थाहा कृषि, पर्यटन तथा व्यापार साँस्कृतिक महोत्सव सञ्चालन हुँदैछ ।

शनिबार भएकोले स्टेजदेखि स्टल र बालउद्यानसम्मै दर्शकको भीडभाड देखिएको थियो । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकार, स्थानीय र थाहा आइडल एकल नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)