Wednesday, 26th June, 2024
वि.स.

चित्लाङ आइपुग्यो "ज्वाइँ साब"काे सुटिङ टाेली, २० दिन बस्ने

jwai_sab_rT6uSCGcxj-1717144239.jpg

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु भएको छ। शुक्रबार बिहान मकवानपुरको चित्लाङमा भैरव मन्दिरमा पूजा गर्दै सुटिङ थालिएको हो।

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, दीपक आचार्य, शिवु पाण्डेलगायतले अभिनय गर्ने छन्।

चित्लाङमा यो फिल्मको सुटिङ २० दिनसम्म गरिनेछ। त्यसपछि सौराहा र इलाममा सुटिङ गर्ने योजना छ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यस फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धितालले लेखेका हुन्।फिल्म रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्म आगामी वर्षको तिहारमा रिलिज गर्ने योजना छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)