Wednesday, 24th June, 2026
वि.स.

हटियामा दुई दिने निःशुल्क स्वस्थ्य शिविर

जिविकोपार्जन अभिमुखिकरण प्राकृतिक स्रोत साधन मञ्च मकवानपुर र नेपाल श्री वैष्णव् परिषद्को संयूक्त आयोजनामा आजदेखि निःशुल्क स्वस्थ्य शिविर २१ फागुनबाट हटियामा सञ्चालन भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडिले उद्घाटन गर्नु भएको निःशुल्क स्वस्थ्य शिविर दुई दिन सम्म सञ्चालन हुनेछ । हेटौडा २२ हटियाको लक्ष्मी आधारभुत नमुना विद्यालयमा भएको शिविरको उद्घाटन गर्दै शर्माले सरकारी तथा गैर सरकारी संस्थाले दिने सेवा गाउँ गाउँमा पु¥याउनको लागि आफु अभियन्ता नै भएको बताउदै स्वास्थ्य सेवालाई प्रवाह गर्न जिल्ला प्रसाशनले सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले शिवम् शिमेन्टबाट निस्केको प्रदुषणले गर्दा आमजनतामा विभिन्न स्वास्थ्य समस्या देखिएको बताउदै उद्योगबाट निस्कने प्रदुषणलाई न्यूकिरण गर्न तर्फ गम्भिर हुन उद्योगलाई आग्रह गर्नु भयो ।

उद्योगले रोजगारीको श्रृजना तथा पूर्वाधारमा टेवा पुगेको भएतापनि उद्योगबाट निस्कने प्रदुषणले आम जनतालाई पु¥याएको प्रभावले गर्दा स्वस्थ्यमा परेको असर प्रति आफु बेखबर नभएको भन्दै उद्योगलाई वातावरण मैत्री बनाउनको लागि निर्देशन दिनु समेत दिनु भयो । उहाँले शिविरबाट मनग्य लाभा लिनको लागि सबैलाई आग्रह समेत गर्नुु भएको थियो । उक्त शिविरमा नेपालका विभिन्न विधाका विषेशज्ञा डाक्टरहरुबाट स्वास्थ्य परिक्षण हुने शिविरमा हार्ड जोर्नी, नसा तथा वाथ, वाल रोग, स्त्री तथा छाला रोग ,नाक कान घाँटि, टाउको मुटु रोग विषेशज्ञाको साथै दाँत सम्बन्धी बिषेशज्ञबाट स्वास्थ्य परिक्षण भइरहेको कार्यक्रमका संयोजक गोविन्द गौतमले बताउनु भयो । विरामीहरुलाई स्वास्थ्य चेकजाँच पश्चात आवश्यक औषधीको समेत व्यवस्था गरिएको शिवम शिमेन्टका एजी एम चिरन्जीवि कुँवरले बताउनु भयो ।

शिवम् शिमेन्टको प्रायोजनमा सञ्चालन भएको शिविरमा नेपालमा विभिन्न हस्पिटलमा कार्यरत २२ जनाको विषेशज्ञा टोलिबाट स्वास्थ्य परिक्षण भइरहेको आयोजकले जनाएको छ । वृहत निःशुल्क स्वस्थ्य शिविरमा शिवम् शिमेन्टबाट प्राभावित क्षेत्र हटिया, हर्नमाडि, सुकौरा, गढि लगायतको क्षेत्रका वासिन्दा गरि करिव २२ सय जनाले सेवा लिने अपेक्षा गरिएकोे कार्यक्रम संयोजक गौतमले जानकारी दिुन भयो ।