Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्वास्थ्यको थाहानगर स्तरीय वार्षिक समीक्षा

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा दुईदिने वार्षिक समिक्षा गोष्ठी बुधबारबाट शुरु भएको छ । थाहा नगरपालिकाको कार्यालय इन्द्रायणी चौरमा संचालन भएको गोष्ठीको नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा शुरु भएको हो । 

कार्यक्रममा नगर उपप्रमुख खड्ग बहादुर गोपाली, जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत सुरेश यादव, जनस्वास्थ्य     निरीक्षक भिमसागर गुरागाइँ, बीएनएमटीका मकवानपुर कार्यक्रम संयोजक चिनिया लामा, हेल्थ फर लाइफकी कार्यक्रम संयोजक दीपाली थापालगायतकाको उपस्थिती रहेको   थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क अधिकृत यादवले कार्यक्रमको उद्देश्यको विषयमा उल्लेख गरेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टलगायतले गोष्ठीको सफलताको शुभकामना दिएका थिए । विहीबारसम्म संचालन हुने गोष्ठीमा थाहानगरका सातवटा स्वासथ्य संथाले आर्थिक वर्ष २०७३÷०७४ मा संचालन गरेका कार्यक्रमहरुको प्रस्तुतीकरण गर्ने थाहा नगरपालिका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । कार्यक्रममा नगरका सातवटै स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनीधिहरुको सहभागिता रहेको छ ।