nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरमा यसरी निर्माण हुँदैछ शीतभण्डार

मकवानपुरको कृषिका लागि प्रख्यात थाहा नगरपालिकामा शीतभण्डार निर्माण हुने भएको छ । कृषि अन्तर्गत पनि मुख्यबाली तरकारी भएको थाहानगरमा शीतभण्डार निर्माण हुने भएपछि यहँँका किसानहरु खुशी भएका छन् ।  शीतण्डारको निर्माणका लागि किसानहरु आवद्ध भएका सहकारीहरुले समेत शीतभण्डारका लागि लगानी गर्ने भएका छन् । दुईवर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको शीतभण्डारको ९ कार्तिकमा शिलान्यास भएको छ । शीभतभण्डारको प्रदेश–३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरेका हुन् । करिब बीसहजार मेट्रिक्टनको क्षमता रहेको शीतभण्डारको लागत  ११ करोड ४७ लाख रुपियाँ  रहेको छ ।

प्रदेश–३ को आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम अन्तर्गत परेको शीतभण्डार एकै दिन थाहानगर र धादिङमा समेत मन्त्री लामाले शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मन्त्री लामाले समयमै निर्माण सक्न निर्माणको जिम्मा पाएको बिकोइ÷हिंह एण्ड ब्रदर्श÷किरातेश्वर (जे.बी) लाई निर्देशन दिए । लामाले   भने–‘हामी संघ, प्रदेश र स्थानीय  सरकारको लगानीमा नयाँ काम गर्दै छौं, ठेक्का लिएपछि तपाइहरुले समयमै निर्माण सक्नूस, भुक्तानीको जिम्मा नगर र प्रदेश सरकारले लिन्छ ।’ क्वालिटी र क्वान्टिटीमा कुनै कम्परमाइज नगरिने बताउँदै मन्त्री लामाले भने–समयमै निर्माण नसके निर्माण व्यवशायीलाई समाउँछौं, निर्माण सकेर पनि भुक्तानी रोकिए हामी जिम्मा लिन्छौं । निर्वाहमुखी खेती प्रणालीलाई तोड्नको लागि शीतभण्डार सहयोगी सावित हुने उल्लेख गर्दै प्रदेश–३ मै पहिलो पटक निर्माण सकेर उदाहरण पेश गर्न थाहानगरलाई उनले अनुरोध गरे । प्रदेश–३ ले कृषिमा उत्पादन बढाउनको लागि विभिन्न अभियान अन्तर्गत माटो परीक्षण भ्यान खरिद गरेकोले त्यसबाट फाईदा उठाउन किसानहरुलाई अनुरोध गरे । माटो परीक्षणका लागि प्रदेशमा भ्यान माग गरे किसानको खेतबारीमै पुगेर परीक्षण गरी कृषि प्राविधिकबाट परीक्षणका  आधारमा खेतीबाली लगाउन सिफारिस गर्ने व्यवस्था भएको उल्लेख गरे । यो आ.व.मा प्रदेश–३ भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शीतभण्डार निर्माणको लागि चार करोड रुपियाँ दिने बताएको छ भने संघीय सरकार अन्तर्गतको भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५० लाख रुपियाँ अघिल्लो आर्थिक वर्षमा नगरपालिकालाई दिइसकेको छ । शीतभण्डार निर्माणको लागि थाहानगरका स्थानीय २७ वटा सहकारीहरुले पनि लगानी गर्ने भएका  छन् । 

शीतभण्डारको प्रदेश–३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाबाट शिलान्यास हुँदै । फोटो अच्युत विडारी

कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले थाहानगर र भीमफेदी गाउँपालिका छिमेकी भएकोले पनि शीभण्डारबाट भिमफेदी गाउँपालिकाले समेत राम्रो फाइदा लिन सक्ने बताए । भिमफेदी गाउँपालिकाको वडा नं. ९ अन्तर्गतका कतिपय ग्रामिण क्षेत्रलाई गाउँपालिका केन्द्र भन्दापनि थाहानगरपालिकाको केन्द्र नजिक हुने बताउँदै ति गाउँका किसानहरुले शीतभण्डारबाट फाइदा लिनसक्ने उल्लेख गरे । उनले निर्माण कार्यसमयमै सक्न शुभकामना दिए । थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले कृषिको पकेट क्षेत्र भएको थाहानगरमा तिनै तहको सरकार र सहकारीको समेत लगानीमा बन्न लागेको शीतभण्डारले किसानको हित हुने भनाइ राखे । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका नेता विष्णु विष्ट ुआदर्शुले नागरिक उत्पादनमा नजोडिएसम्म सम्वृद्धि नहुने बताए । नागरिकलाई आत्मनिर्भर र उत्पादनमा जोडिने पुलको रुपमा स्थापित हुन शीतभण्डार निर्माण प्रारम्भ हुनु आम किसानहरुको खुशीको कुरा भएको उल्लेख गरे । उनले आफू चीन भ्रमणका बेला सम्वृद्ध किसानसंग प्रत्यक्ष भेटघाटको अवसर पाएको प्रसंगको चर्चा गर्दै किसान सम्वृद्ध भए सम्पूर्ण पक्ष आफै सम्वृद्धिको बाटोमा लाग्ने बताए । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले शीलान्यास भएको शीतभण्डार समयमै निर्माण सक्न निर्माण व्यवशायीलाई अनुरोध गर्दै त्यसका लागि आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । प्रमुख विष्टले भने–समयमै सक्नूस, हामी तपाईहरुको कामको कुनै न कुनै हिसाबबाट प्रशंसा गर्छौ ।ु वर्षेनी करोडौ रुपियाँ थाहानगरबाट शीतभण्डारकै अभावमा बाहिरिने भएकोले यो आयोजनाबाट प्रत्येक्ष रुपमा किसानहरुले नै फाइदा पाउने बताए । 

राष्ट्रिय सहकारी संघका संचालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले स्थायी सरकार भएको सन्दर्भमा निजी, सहकारी र सरकारको तीन पक्षको सहयोगमा आर्थिक सम्वृद्धि हुने बताए । उनले थाहानगरको सम्वृद्धि कृषि र पर्यटनबाट ठूलो संभावना रहेको औल्याए । यसका लागि नीति  र कार्यान्वयनमा ध्यान दिएर अघि बढे संभव भएको धारणा राखे । नेपाल कृषि सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदीले सहकारी–सहकारी बीच अनि सरकार–सरकारबीचको लगानीमा निर्माण हुन लागेको शीतभण्डार  उदाहरणीय कार्य भएको बताए । किसानहरु आफू नै सहभागी भएको सहकारीहरुको समेत लगानीमा निर्माण हुन लागेकोले शीतभण्डारमा प्रत्येक्ष अप्रत्येक्ष रुपमा किसानकै लगानी रहेको बताए । कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्कीले अहिले विद्यालयमा कृषि प्राविधिक अध्ययापन भइरहेको सन्दर्भमा कृषिलाई प्रोत्साहन पुग्ने खालका संरचना, सीप विकास हुनु सकारात्मक भएको धारणा    राखे । प्रधानाध्यापक कार्कीले शीतभण्डार निर्माणले किसानहरुको बचतमा समेत योगदान पुग्ने बताए । 

कार्यक्रममा निर्माण व्यवशायी विश्वास उप्रेतीले दुई वर्षका लागि सम्झौता भएको भएपनि छ महिनामा निर्माण सकेर देखाउने प्रतिवद्धता व्यक्त गरे । उनले देशभर कुन निर्माण व्यवशायीले कसरी काम गरे भन्नू भन्दा पनि आफू आफैले तोकेको समयमा काम सकेर थाहानगरमा उदाहरण पेश गर्ने बताए । 

शिलान्यास समारोहमा च्वाइस नेपालले थाहानगरमा भौतिक पुर्वाधार तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कन्ट्री डाइरेक्टर प्रतीक शर्मालाई थाहानगरपालिकाको तर्फबाट प्रशंसापत्र दियएको छ । शर्मालाई मन्त्री लामा तथा नगरप्रमुख विष्ट सहितले प्रशंसापत्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुप्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सहकोषाध्यक्ष हरिकृष्ण कार्की, जनमुखी अभियान प्रा.लि.का अध्यक्ष अरुण रायमाझी, मालपोत कार्यालयका प्रमुख मोहन दाहाल, थाहा नगरपालिकाका वडा अध्यक्षहरु लगायतकाको आतिथ्य रहेको थियो ।

च्वाइस नेपाललाई थाहानगरको प्रशंसा 

थाहा नगरपालिकामा निर्माणाधिन शीतभण्डारको विस्तृत परियोजना प्रस्ताव (डि.पी.आर.) निर्माण तथा विभिन्न भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग पु¥याएकोे च्वाइस नेपाल थाहा नगरपालिकाबाट प्रशंसित भएको छ । 

थाहा नगरपालिकामा निर्माणाधिन शीतभण्डारको विस्तृत परियोजना प्रस्ताव (डि.पी.आर.) निर्माण तथा विभिन्न भौतिक तथा सामाजिक क्षेत्रमा सहयोग पु¥याएकोे च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मालाई थाहा नगरपालिकाको तर्फबाट प्रशंसापत्र वितरण गर्नुहुँदै प्रदेश ३ का कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामा, नगर प्रमुख लवशेर विष्ट तथा अतिथीहरु । 

च्वाइस नेपालका कन्ट्री डाईरेक्टर प्रतीक शर्मालाई शीतभण्डार शिलान्यास समारोमा प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाबाट प्रसंशापत्र वितरण गरिएको छ । समारोहमा नगर प्रमुख लवशेर विष्टले च्वाइस नेपालले थाहा नगरको विकास पु¥याएको योगदानको चर्चा  गरे । 

कार्यक्रममा आफ्नो संस्था नगरपालिकाबाट प्रशंसित हुन अरु भन्दा काम गर्ने शैली फरक भएको शर्माले धारणा राखे । उनले भने, हामी पारदर्शी रुपमा सहभागितात्मक रुपमा काम     गर्छौ । कतिपय गैर सरकारी संस्थाहरु अर्को सरकारै ठानेर कार्य गर्नेहरु पनि होलान् तर च्वाइस नेपाल स्थानीय    सरकारको नीति, नियम मान्दै सहकार्यमा काम गर्ने संस्था भएको शर्माले      प्रष्ट्याए । उनले अब थाहानगरमा खानेपानीको परियोजना तथा नगरबासीलाई आयआर्जनसंग जोड्ने खालका कार्यक्रमहरु समेत संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । 

च्वाइसले पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण, जनकल्याण माविमा कृषि प्रयोगशाला निर्माणलगायतको थुप्रै कार्यहरु संचालन गरिसकेको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)