Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय निकाय पुर्नसंरचना : मकवानपुरमा ३६८ वडा संख्या घटाएर १०२ वडापालिका कायम गरियो

स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ वटा स्थानीय तह रहने गरि सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले २२ पौषमा बुझाएको प्रतिवेदनमा मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका तथा आठ गाउँपालिका रहने उल्लेख छ । 

मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाको अहिलेको २९ वडालाई घटाएर १९ कायम गरिएको छ भने थाहा नगरपालिकाको १५ वडा र थाहामा गाभिएका चित्लाङ, आग्रा र टिष्टुङको ९÷९ वटालाई समेत गाभेर जम्मा १२ वटा वडा कायम गरिएको छ । यसअघि थाहा नगरपालिकाको वडा संख्या गाभिने गाविस सहित ११ वटा रहने भनिएकोमा प्रतिवेदनलाई अन्तिम रुप दिदा १२ वटा कायम गरिएको छ । मकवानपुरका आठ गाउँपालिकामा जम्मा ७१ वटा वडामा कायम गरिएको प्रतिवेदनमा उल्लेख छ । मकवानपुरमा १० वटा इकाइहरु रहने पनि प्रतिवेदनमा लेखिएको छ । 

प्रतिवेदन अनुसार मकवानपुरका साविक एक उपमहानगरपालिका, एक नगरपालिका र ३६ गाविसको कुल ३६८ वटा वडालाई घटाएर १०२ वटा वडा संख्या कायम भएको छ । 

देशभर ४ सय ६२ गाउँपालिका र २ सय ४१ नगरपालिका रहने छ । यसैगरि विभिन्न जिल्लामा ४ महानगर र १२ उपमहानगरपालिका बन्नेछन् । महानगरगालिकाहरूमा १ सय २३ वटा वडारहनेछन् भने उपमहनगरहरूमा २ सय ५१ वटा वडा रहनेछन् । नगरपालिकाहरूमा २ हजार ८ सय १० र गाउँपालिकाहरूमा ३ हजार ३६९ वटा वडा रहनेछन् । सबै स्थानीय तहमा कूल वडा संख्या ६ हजार ५५३ हुनेछन् । 

जीआईएस नक्सामा आधारित उक्त प्रतिवेदन १६ भाग र १ हजार ७१८ पृष्ठको छ । आयोगको समायवधि २ महिना बाँकी रहेपनि स्थानीय निर्वाचन प्रयोजनका लागी प्रतिवेदन दिएको जनाइएको छ ।

वडा हैन, अब वडापालिका

स्थानीय तहको निर्वाचनपछि वडामा छुट्टै वडा सरकार गठन हुनेछ । त्यसको नाम वडापालिका हुनेछ । र हरेक वडामा वडाकार्यपालिका गठन हुनेछ । अब देशको तल्तो तहमा साँढे ६ हजार स्थानीय सरकार गठन हुने लागेको हो ।

यस्तो छ संक्षिप्त विवरणः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०