nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह चुनावः यि हुन् थाहाका आकांक्षीहरु

स्थानीय निकायको निर्वाचन नजिकिंदै जाँदा आकांक्षीहरु पनि खुल्दैछन् । मकवानपुरमा रहेका ठूला राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार तोकेका छैनन् । आकांक्षीहरु भने नेताहरुको घरघरमा पुग्ने काम गरिरहेका छन ।  दलहरु नगरका वडा, वस्तीमा र गाउपालिकाका वडावडामा विभिन्न कार्यक्रम राखेर पुगिरहेका छन ।

पहिलाको तुलनामा नगरपालिका र गाउँपालिकाको क्षेत्र ठूलो भएकाले उम्मेदवार एकिन नगरिकनै घरदैलो कार्यक्रम गरिरहेका छन् । नेपाली काँग्रेसबाट थाहा नगरपालिकामा काँग्रेसको तर्फबाट खड्ग गोपाली र भरत लामाले उम्मेदवारीको निम्ति लविङ गरिरहेका छन् । एमालेकोतर्फबाट विष्णु ढकाल, राजु नापित र अच्युत ढकालले दाबी गरिरहेका छन । उपमेयरमा कल्पना वलामी चर्चामा छिन । 

यसैगरी राप्रपाको तर्फबाट हरेराम कार्की आकांक्षी देखिएका छन् ।  माओवादी केन्द्रले लवशेर विष्ट, विष्णु विष्ट चर्चामा छन् । हेटौडा उपमहानगरपालिकाबाहेक एउटा नगरपालिका र ८ वटा गाउँपालिकाको अध्यक्ष पदमा अहिलेसम्म महिला आकांक्षीहरु देखापरेका छैनन । 

करिब २ सय ६२ वर्ग किलोमिटरमा फैलिएको हेटौडा उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन् । एक लाख ५२ हजार ८ सय ७५ जनसंख्या रहेको उक्त उपमहानगरपालिकामा  ८१ हजार २ सय २४ मतदाता रहेका छन् ।  चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक निर्वाचन क्षेत्रवाट कांग्रेसले जितेको छ भने तीन वटा क्षेत्रवाट एमालेले जितेको छ । स्थानीय तहको निर्वाचनमा अधिकांश क्षेत्रमा  काग्रेस, एमाले, माओवादी र राप्रपाबीच कडा प्रतिस्पर्धा हुनेछ । 

-कान्तिपुरबाट