Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि शुक्रबारदेखि सबै स्थानीय तहमा रोजगार संयोजक भर्ना प्रक्रिया सुरु गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराएको हो । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबार राष्ट्रिय दैनीकमा सार्वजनिक सूचना प्रकाशित गर्ने भएको छ ।

मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले १ वर्षका लागि करारमा रोजगार संयोजक भर्ना गर्ने गरी शुक्रबारदेखि दरखास्त आब्हानको सूचना प्रकाशित गरिने जानकारी दिए । 

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी९नासु सरह०को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ ।

स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाई फारम भर्ने व्यवस्थासहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैँले अनलाइन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०