nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहका लागि प्रदेश–३ को एमआइएस अपरेटर र फिल्ड सहायकको सर्टलिस्ट सार्वजनिक [सबै प्रदेशको नतिजा सहित]

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत यहि १७ भाद्रमा दरखास्त माग भएकोमा संक्षिप्त सूची (सर्ट लिष्ट) प्रकाशन भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सबै प्रदेशमा दरखास्त दिएकाहरुको सर्टलिस्ट १४ असोजमा सार्वजनिक गरेको हो । प्रदेश ३ सहित  २, ४ र ५ को भने केही दिनमै प्रकाशन हुने विभागले जनाएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मकवानपुरका १० स्थानीय तहमा गरी २८ जना एमआईएस अपरेटर र १० जना फिल्ड सहायकको लागि करारमा दरखास्त खुलाएको थियो । जिल्लामा कुल ३८ जना चाहिनेमा उन्नाइसगुणा बढि निवेदन परेको विभागले जनाएको छ ।  सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा निवेदन परेको छ । हेटौंडामा दुईजना एमआइएस अपरेटरको लागि ९५ जना र १ जना फिल्ड सहायको लागि १ सय २८ जनाको निवेदन परेको छ । 

त्यस्तै थाहा नगरपालिकामा दुईजना एमआइएस अपरेटरको लागि २७ र एकजना फिल्ड सहायकको लागि ३५ जनाको निवेदन परेको विभागले जनाएको छ ।

हेर्नुहोस् प्रदेश ३ को सर्ट लिष्ट:

नतिजा हेर्न तलको लिंकमा िक्लक गर्नुहोस् ।