Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तहका गुनासो सुन्ने अधिकारीलाई अर्को जिम्मेवारी

सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् ।

शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए ।  त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ ।

“हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।” पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे ।

हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । यसले सम्बन्धित निकायमै गुनासो जाने गर्दछ र उनीहरुले नै गुनासोको फछ्र्यौट गर्नेछन् । ती निकायले गुनासो सम्बोधन भएको जानकारी भने हेलो सरकारलाई दिनुपर्ने हुन्छ ।

वि।सं ०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनु भएको हो । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ ।
-नेपाल समाचारपत्रबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)