Sunday, 3rd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जना गर्ने ॐ अध्याय रिसोर्ट सम्मानित 

IMG_8840-1664376883.jpg

४३ औं विश्व पर्यटन दिवसका अवसरमा मकवानपुर टिस्टुङस्थित ओम अध्याय रिट्रिट रिसोर्ट सम्मानित भएको छ। 
ग्रामीण क्षेत्रको उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने रिसोर्टलाई सरकारले सम्मान गरेको हो। 

पर्यटन बोर्डको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले रिसोर्टलाई कदरपत्रसहित सम्मान गरेका हुन्। सरकारले हरेक वर्ष पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। 

यो सम्मानले थप हौसला मिलेको रिसोर्ट सञ्चालक अर्जुनसिंह ठकुरीले जानकारी दिए। ‘सानो भवनसहित आफ्नै गाउँको कुना र खोल्सामा खोलिएको  रिसोर्ट अहिले तीन तारेसम्मको यात्रामा छ। आफ्नो गाउँठाउँ चिनाउने यो यात्रा जटिल तर रोमाञ्चक रह्यो ।



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।