nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्तनपान दिवस मनाउन मन्त्रालयले गर्यो स्थानीय तहलाई परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले बिश्व स्तनपान सप्ताह २०१९ मनाउनका लागी पत्राचार गरेकाे छ । स्वास्थ्य मन्त्रालयले पठएको पत्र संघीयले माताहतका सम्पूर्ण स्थानीय तहलाई अगस्ट १-७ सम्म लाई स्तनपान सप्ताह मनाऊन भनेको छ ।

विश्व स्वास्थ्य संगठन र यूनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्ष अगष्ट एक तारिखदेखि ७ तारिखसम्म यो सप्ताह मनाउन थालिएको हो । बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन जनचेतना मूलक कार्यक्रम सहित विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या बढाउन र स्तनपान नगराउनाले हुने समस्याका बारेमा सचेत गराउन साताब्यापी रुपमा स्तनपान सप्ताह मनाउन लागिएको हो ।

जन्मिसकेपछि यथाशीघ्र स्तनपान गर्न पाउनु नवजात शिशुको नैसर्गिक अधिकार हो । बच्चालाई २ वर्षसम्म निरन्तर आमाको दुध खुवाए उनीहरुको बौद्धिक र शारिरिक विकास छिटो हुने र स्वस्थ रहने भएता पनि ३७ प्रतिशत बच्चालाई जन्मनेबित्तिकै आमाको बिगौती दूधको सट्टा घिउ, चिनी खानेकुरा खुवाइन्छ ।

यो समस्या समाधानका लागि जनचेतना बढाउन विश्व स्वास्थ्य संगठनले हरेक वर्षको अगस्ट पहिलो हप्तालाई “विश्व स्तनपान सप्ता” का रूपमा मनाउँदै आएको छ।

६ महिनामुनिका शिशुहरूलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू आमाको दूधमै पर्याप्त मात्रामा पाइने भएकाले शिशु जन्मेको आधा घन्टाभित्र स्तनपान सुरु गरिसक्नुपर्छ र उसलाई २४ घन्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्छ।

रोगसँग लड्ने क्षमता भएकाले यसलाई शिशुको “पहिलो खोप” पनि भनिन्छ खासगरी सहरी क्षेत्रमा कतिपय आधुनिक आमाहरूले स्तनपानको सट्टामा बोतलबाट कृत्रिम दूध खुवाएर आफ्ना बच्चाहरूलाई कुपोषित बनाइरहेका छन् । कृत्रिम दूध खुवाउँदा एकातिर बच्चाले स्तनपानबाट पाउने पोषण प्राप्त गर्न सक्दैन भने अर्कातिर संक्रमणको खतरा पनि धेरै हुन्छ।

तर नेपालमा प्राप्त पछिल्लो तथ्यांकअनुसार जन्मेको एक घन्टाभित्र स्तनपान गराउने आमाको संख्या ३५ प्रतिशत मात्र छ । शिशु जन्मेको एक दिनभित्र स्तनपान गराउनेहरु ८५ प्रतिशत रहेका छन् भने ६ महिनासम्म पूर्ण स्तनपानको अवसर ५३ प्रतिशत बच्चाले मात्र पाइरहेका छन् ।

आमाको दुध जन्मेदेखी ६ महिनासम्म शिशुहरुको शारिरीक तथा मानसीक बृद्धिका लागी अति आवश्यक पर्ने चिकित्सकहरुले बताएका छन् ।

तथ्यांकमा स्तनपान 

नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले  आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । सुत्केरी हुने बित्तिकै अउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ । ६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

उनीहरुका अनुसार शिशुलाई २ वर्ष सम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन्छन् ।  नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ७० प्रतिशत महिलाले ६ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् । शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।

चिकित्सकका अनुसार स्तनपान गराउने आमाहरुको स्तन र पाठेघरको क्यान्सर हुने कम संभावना हुन्छ ।

यस्ताे छ, मन्त्रालयकाे पत्र :

MoHP/MoFAGA Breast Feeding Week 2019 Nepal