Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सुस्मिता हत्या प्रकरण – जिल्ला अदालत मकवानपुरमा ५ जना विरुद्ध अभियोगपत्र दर्ता

jilla-adalt-makawanpur-1594626123.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न भएको भन्दै ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मकवानपुरमा दुर्गा थापाको श्रीमान बिरुद्ध पनि जन्मकैद सँजाय माग गर्दै मुद्दा दायर गरेको हो । सो हत्या प्रकरणमा ५ जनामाथि अभियोग पत्र दर्ता भएको छ ।

मृतक केसीको ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापालाई आजीवन कैद सँजायको माग गरिएको छ ।

जेठी नन्द दुर्गा र उनको पतिलाई जन्मकैद अर्थात २५ वर्ष र उनको सासु तुलसीकुमारी थापालाई हत्याराको मतियार रहेको भन्दै साँढे १२ वर्ष कैदको माग गरिएको छ ।

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)