nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुन्दर सिमभन्ज्याङ (हेर्नुहोस् फोटो फिचर)

मकवानपुरको सिमभन्ज्याङ, जिल्लाकै अग्लो पर्यटकीय गन्तव्य हो । 

थाहा नगरपालिका वडा नम्बर ४ मा पर्ने यो क्षेत्र हिउँद होस या बर्खा पर्यटकलाई आकर्षित गर्ने राम्रो गन्तव्य हो । प्राकृतिक वातावरण र दृश्यावलोकनका लागि यो क्षेत्र असाध्यै मनमोहक छ । हेटौंडाबाट ४० किलोमीटर र काठमाण्डौंबाट झण्डै ८० किलोमीटरको दुरीमा रहेको सिमभन्ज्याङमा खाने, बास बस्ने राम्रो प्रबन्ध भएका होटलहरु छन् । 

सिमभन्ज्याङमा बजार व्यवस्थापन समिति सक्रिय छ । यहाँको भित्री मात्र हैन बाहिरी वातावरण पनि सफा छ । सार्वजनिक शौचालय छ, भ्यू प्वाइन्टका लागि ‘थाहा पत्थर’ यहाँको आकर्षक दृश्यावलोकनको प्वाइन्ट हो । यहाँबाट हिमालय सहित हेटौंडा र विरगञ्ज शहर समेत अवलोकन गर्न सकिन्छ । पर्यटकका सुरक्षाको लागि कुनै शंकै छैन । सिमभन्ज्याङ प्रहरी चौकी बजारमै छ । यहाँ ढुक्कसंग हिडहुल गर्न सकिन्छ । यस्तो मनमोहक पर्यटकीय गन्तव्य सिमभन्ज्याङमा एक पटक घुम्ने हैन त ?

हेर्नुहोस् सिमभन्ज्याङ क्षेत्र: फोटो गणेश विष्ट

 
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।