Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सिस्नेरीमा मोटरसाइकल दुर्घटना, एकजना गम्भीर      

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना भएको छ । काठमाण्डौबाट हेटौंडा जाँदै गरेको बा ९४ प ९३५९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।  दुर्घटनामा परि मोटरसाइकल चालक कमल बहादुर तामाङ सामान्य घाइते भएका छन् भने पछाडि सवार उनकी श्रीमती डोलमाया तामाङ गम्भीर घाइते भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । 

६ फागुन विहान साँढे १० बजेतिर सिस्नेरी टेकर नारायणथान नजिकैको भिरबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कुलेखानी९सिस्नेरी सडकखण्डमा निर्माण कार्य भैरहेकोले निर्माण भैरहेको बाटोबाट नै जाँदै गरेको उक्त मोटरसाइकल बाटो बन्द भएको जानकारी पाए पश्चात् फर्किने क्रममा दुर्घटनामा परेको स्थानीयले जानकारी दिए । घाइते दुबैको काठमाडौ स्थित बयोद्या अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

उक्त दुर्घटना पश्चात् इन्द्रसरोवर ३ सिस्नेरीको टेकरमा स्थानियहरु आक्रोशित हुँदै उर्लिएका थिए । कुनै पनि सूचना बिना नै निर्माण कार्य थालनी गरेको र सडकमा कुनै सूचना तथा बोर्डहरु नराखेको कारण दुर्घटना भएको भन्दै निर्माण कम्पनीको विरुद्धमा स्थानीयहरु आक्रोशित हुनुका साथै मेसिन बन्द गरेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।

मोतिदान कट्रकसन र लाल सुवबा मेन्दो कट्रक्सन जेभी फर्मबाट उक्त सडकखण्डमा निर्माण कार्य भैरहेको छ । स्थानीयको आक्रोशमा सिस्नेरीको माहोल नै तनावग्रस्त भएपछी जेभी फर्मका इन्चार्जलाई मुख्य व्यक्तिको उपस्थित नहुन्जेल सम्मका लागि चौकीमा राखिएको छ भने घाइतेहरुलाई उपचार गरिदिने सहमतिमा अस्पताल पुर्याइएको स्थानीयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०