Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सर्पको टोकाइबाट श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

snake-1594283660.jpg

सुतिरहेका बेला सर्पले डसेर दैलेखमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका(२ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

बुधबार राती २ बजेतिर उनलाई सर्पले डसेको थियो । प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार ललितकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको छ । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक साउदले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)