Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारी सहयोग विनै थाहानगरमा स्थानीयले सडक खने

फाइल फोटोथाहा नगरपालिका वडा नं १० को चित्लाङ कलाँटु स्थित स्थानिय ब्यक्तिहरुको सहकार्यमा सडक बाटो खनेका छन् । सामाजिक विकासमा सबै एकजुट भएपछि रकम संकलन गरि बिकास निर्माणको कार्य सुरु गदै कलाटुबासीले उदाहरणीय कार्य गरेका हुन् । आवत आवतमा  समस्या भएका कारण स्थानिय सिद्धिकुमार गमालको परिकल्पना अनुसार सडक निर्माण कार्य सूरु भएको हो । 

थाहा नगरपालिका लगायत कुनै पनि सरकारी तथा गैर सरकारी निकायको आर्थिक सहयोग बिना नै झलकचन गमालको नेतृत्वमा कलाटु बासीले ४ मिटर फराकिलोे सडक खनेका छन । ‘एक बर्षमा निर्माण सकिने गरि लक्ष्य राखी पोहोरबाटै कार्य सुरु गर्न रकम संकलन गर्न थालिएकोमा हालसम्म करिब साँढे ४ लाख बराबरको रकम संकलन भैसकेको छ ’ स्थानीय परशुराम गमालले भने । 

सडकको लागि नगरमा बजेट माग गर्दा समेत बजेट नपरेपछि स्वतस्फुर्त रुपमा रकम संकलन गरि कलाटु स्थित ढुङ्गेधारादेखि पाटीसम्म जेसिबी लगाइ २ किलोमिटर सडक खनिसकेका छन । २ किलोमिटर सडक खनिए पनि आर्थिक अभावका साथै स्थानीयको जग्गाको कारण कार्य अघि बढाउन समस्या भएको गमालले बताए । 

-मञ्जरी बलामी



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०