Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सरकारले सार्वजनिक गर्‍यो २०७५ सालभरिको बिदा सूचि

सरकारले २०७५ सालको बिदाको सूचि सार्वजनिक गरेको छ ।

आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौतीको निर्णय गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो ।

यसअनुसार वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ ।

सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ । दसैँ बिदा असोज ३० देखि कात्तिक ३ तथा तिहार बिदा कात्तिक २१, २२ र २३ गते हुनेछ ।

असोज २३ गते संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ भने दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ ।

यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ ।

मंसिर १७ गते अपांगता भएका कर्मचारीका लागि बिदा हुनेछ । सरकारले यसअघि नै सार्वजनिक बिदा कटौती गर्दै वर्षमा ८९ दिन मात्र सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । यसअघि वर्षको १ सय ४ दिन सार्वजनिक बिदा हुँदै आएको थियो । 

राजपत्रमा प्रकाशित बिदाको सूचि हेर्नुहोस्:

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)