nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सगरमाथा बेस क्याम्पमा साेभितलाइ बक्स अफिस अवार्ड

q-1480479475.JPG

झण्डै तीन दशक अघि नाटकबाट कलाकारिता यात्रा शुरु गरेका शोभित बस्नेतले टेलिचलचित्र, भिडियो फिल्महुँदै सेलोलाइट फिल्मसम्म आउँदा चलचित्र बजारमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् ।
सोभित बस्नेत नाटकका कुशल कलाकार हुन् । उनले चलचित्रको चार्म शून्य भएका बेला नाटकबाट नै दर्शकको मन जितेका थिए । विरेन्द्र हमाल, शोभित बस्नेत, लय संग्रौला लगायत थुप्रै नाटकका अगुवाहरुसँग मिलेर दर्जनौं नाटकमा अभिनय गरे । त्यसपछि उनले दर्जनौं टेलिचलचित्रमा अभिनय गर्नुका साथै भिडियो फिल्ममा पनि सक्रिय रहे ।
चलचित्र राजकुरमारबाट चलचित्र निर्देशनमा डेब्यू गरेका बस्नेतले कर्णबीर, मन, आर्मी, अग्नीपथ, दुर्गा, राजु राजाराम, धुम, बारुद लगायत दर्जनौं चलचित्र निर्माण तथा निर्देशन गरी चलचित्र क्षेत्रमा सफलता हासिल गरेका छन् । पछिल्लो पटक निर्माण गरेको चलचित्र टिचरसम्म आइपुग्दा बस्नेतले निर्माण र निर्देशन गरेको चलचित्रको संख्या २५ पुगेको छ । उनले निर्माण र निर्देशनसँगै अभिनय पनि गरेका छन् । उनको अभिनय गरेका चलचित्रमध्ये कन्यादानमा उनी ७ वटा फरक भूमिकामा हास्य कलाकारको भूमिकामा देखिए । यही नयापन दिई उनले दर्शकको मन समेत जित्न सफल भएका थिए ।
उनले निर्माण र निर्देशन गरेको चलचित्र आर्मी, कर्णबीर, अग्नीपथ, दुर्गा र टिचरले नेपाली बक्स अफिसमा उल्लेखनीय कारोबार गरेका छन् । आफ्नो सम्पूर्ण जीवन चलचित्र क्षेत्रमा नै समर्पित गरेका निर्माता तथा निर्देश बस्नेतले जस्तोसुकै परिस्थितिमा पनि नेपाली चलचित्रलाई साथ दिए । आफू मात्रै स्थापित नभई उनले आफ्ना छोरा सलोन बस्नेत, छोरी सलिना बस्नेत र भाइ जयकिसन बस्नेतलाई पनि नेपाली चलचित्र क्षेत्रमा स्थापित गराउन ठूलो भूमिका निर्वाह गरे । उनले २५ वर्ष अविरल रुपमा चलचित्र क्षेत्रमा समय विताए । यो अवधिमा उनले गरेको कामको उच्च मूल्यांकन गर्दै बक्स अफिस फिल्म क्लब नेपालले उनलाई अवार्ड प्रर्दान गर्न लागेको अवार्ड आयोनाका अध्यक्ष आर के सुवेदीले बताए ।
विश्व कीर्तिमान कायम गर्ने उद्देश्यका साथ बक्स अफिल फिल्म क्लब नेपालले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा उक्त अवार्ड वितरण कार्यक्रमको आयोजना गरेको हो । निर्माता तथा निर्देशक बस्नेतलाई चलचित्र कान्छी म ट्याङ ट्याङबाट उत्कृष्ट हास्य अभिनय गरे वापत राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड–२०७३ बाट सम्मान गरिएको छ ।