Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

संघ, प्रदेश र स्थानीय तहमा अब कुन तहका कति कर्मचारी खटिनेछन् ? [हेर्नुहोस विवरण]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको खाका तयार पारेको छ । मन्त्रालयले तयार पारेको डाटा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको जनाइएको छ । 

प्रस्तावित दरबन्दी प्रस्ताव अनुसार अब संघीय तहमा संघीय तहमा २ सय २ सह सचिव खटिनेछन् । यस्तै प्रदेश तहमा ३५ जना  र स्थानीय तहमा १८ सह सचिव खटिने छन् । देशभर गरी कुल सह सचिवको दरबन्दी २ सय ५५ रहनेछ । यस्तै उपसचिव देशभर १२ सय १५ जना रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ । जसअनुसार केन्द्रमा ६ सय ५२,प्रदेशमा १ सय ८८ र स्थानीय तहमा ३ सय ७५ खटाइने प्रस्ताव गरिएको छ । 

शाखा अधिकृततर्फ ३३ सय ६३ कर्मचारी खटाइने गरी प्रस्ताव तयार भएको छ । उक्त नयाँ प्रस्ताव अनुसार, संघमा १८ सय ४,प्रदेशमा ५ सय ५९ स्थानीय तह १ हजार कर्मचारी खटिनेछन् । नायब सुब्बा तर्फ ३२ सय १९ संघमा ११ सय २० प्रदेशमा र सबैभन्दा बढी स्थानीय तहमा खटाइने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव अनुसार स्थानीय तहमा १० हजार २ सय ३१ नायब सुब्बा खटिनेछन् ।  नायब सुब्बाको जम्मा दरबन्दी १४ हजार ५ सय ७० प्रस्ताव गरिएको छ ।


यस्तै  सबैभन्दा धेरै खरिदारको दरबन्दी हुनेछ । जहाँ देशभर गरी ११ हजार ७ सय ४१  कर्मचारी खटाइनेछ । केन्द्रमा ३ हजार ६१,प्रदेशमा ३ सय ३९ खटिनेछन भने स्थानीय तहमा ८ हजार ३ सय ३१ को दरबन्दी प्रस्ताव गरिएको छ । यो सबै दरबन्दी प्रशासन तहको कर्मचारीहरुको मात्र रहेको मन्त्रालयले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०