Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

वैशाख १८ गते देशभर सार्वजनिक बिदा

मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस् । १८ वैशाखमा नेपालमा पनि विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ । श्रमिक दिवसको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न मजदुर संघ संगठनहरुले अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रमको आयोजना गरेका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमो आठ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जननको माग गर्दै भएको आन्दोलन दबाउन बम प्रहार गरिएको घटनाको सम्झनामा मे १ मा श्रमिक दिवस मनाइन्छ ।

सोही आन्दोलनको सफलता पछि आठ घण्टा कामको व्यवस्था विश्वभर प्रचलनमा आएको हो । नेपालमा भने श्रमिक दिवस विक्रम सम्वत २०६३ सालदेखि मनाउन थालिएको हो । ६४ सालदेखि सरकारले मे दिवसलाई औपचारिकता प्रदान गर्दै सार्वजनिक बिदा दिन थालेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०